Litchi (लिची)

NPR 200.00

Fresh, sweet and juicy litchi grown by our farmers of different Terai regions. (नेपालको तराई भेगका किसानहरु द्वरा उत्पादित स्वादिलो ठुलो लिची )

Category:

कटहर परिवारमा पर्ने सानो तथा मीठो फल लिची जसलाई वैज्ञानिक नाममा Litchi chinensis भन्छन। यो ऊष्णकटिबन्धीय फल हो, जसको मूल निवास चीन हो । यो सामान्यतः मैडागास्कर, भारत, बङ्गलादेश, पाकिस्तान, दक्षिण ताइवान, उत्तरी भियतनाम, इन्डोनेसिया, थाईल्याण्ड, फिलीपींस दक्षिण अफ्रिका र नेपालमा पाइन्छ।लिची धेरै प्रकारका हुन्छन्। लिची खनिज तत्वले भरिपूर्ण एक अत्यन्त स्वादिष्ट फल हो। एउटा ताजा र पाकेको लिचीमा ७० देखि ७७ प्रतिशतसम्म गुदी पाउन सकिन्छ। यसको प्रमुख पोषक तत्व कार्बोहाइड्रेट्स हो ।यस फलमा क्याल्सियम, फोस्फरस, फलाम तìव, खनिज लवण एवं भिटामिन 'सी' प्रचुर मात्रामा पाइने भएको हुँदा यो फल स्वास्थ्यको दृष्टिले अत्यन्त लाभदायक मानिन्छ। कलेजो र कमलपित्तजस्ता रोगीको लागि त यो फल एक किसिमले वरदान नै मानिन्छ।